आगलागी पीडितलाई राहत वितरण

रुकुम-रुकुम पूर्वमा गएराति घरमा मासु पकाउने क्रममा एक्कासी कराइको तेल बलेर सिस्ने गाउँपालिका–५ निवासी ज्ञानप्रसाद बुढाको घरमा साढे एघार बजे आगलागी हुँदा घरमा रहेको ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो। आगलागी पीडित बुढाको परिवारलाई आज राहत वितरण गरिएको छ ।

बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै बुढाको परिवारलाई राहत कोषबाट राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।

प्रजिअ शर्माका अनुसार घटनास्थलमै पुगी बुढाका परिवारलाई उपचारको लागि नगद रु ३० हजार,एक बोरा चामल,दुई लिटर तेल,पाँच किलो चिउरा,दुई किलो दाल र दुई किलो नुन वितरण गरिएको हो ।