तलब आउने आशैआशमा बित्यो दशैं
जुम्ला- नेपालीको महान चाड बडादशैंमा थप रकम त परै जाओस्,तीन महिनादेखि
तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ ।
आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो उहाँले भन्नुभयो, जिल्लाका धेरै कर्मचारी अन्यौलमा छन् दरबन्दी कहाँ,हाजिर कहाँ हुने,काम के गर्ने भन्ने कुराले निकै अन्यौलमा छन् ।
प्राविधिक खगेन्द्र भण्डारीका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालयका सातजना कर्मचारीले गएको असारदेखि तलब पाएका छैनन् । तलब आउँछ, भन्ने आशमा दशंै पनि बित्यो तर पाइएन ।
खर्च व्यवस्थापन गर्न निकै गाह्रो भयो अझै कहिले आउने हो निश्चित छैन । सम्बन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।