इथियोपियामा साहले वर्क ज्वदे नयाँ राष्ट्रपति

इथियोपिया- इथियोपियामा दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको हो।

निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनपुगेकी हुन्।

दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ लिएकी छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सबै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताएकी छन्।

यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेलेकोमा प्रशंसा पाउँदै आएकी छिन्।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कुटनीतिज्ञका रुपमा चिनिन्छ । उनी विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूत समेत थिइन् ।

इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजिनामा स्वीकृत गरेपछि मात्रै ६८ बर्षीय ज्वदेलेलाई निर्वाचित गरेको हो ।