विवादले उग्ररूप लिँदा गोली चल्यो
सर्लाहीमा – स्थानीयको गोली प्रहारबाट कांग्रेस कार्यकर्ता रामविलाश महतोको मृत्यु भएको छ ।
मृतक रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोका काका हुन् । वडाध्यक्ष महतोले आफ्ना काकाको मृत्यु भएको पुष्टि गरे ।
वडाध्यक्षलाई दुर्व्यवहार गरिएको भन्दै शुरू भएको विवादले उग्ररूप लिँदा गोली चलेको हो ।
दुर्व्यवहारका क्रममा घाइते वडाध्यक्ष महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको छ