चितवनले काठमाडौंलाई १३ रनले पराजित

काठमाडौं-पोखरा रंगशालामा विहिवार भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको छ । १५० रनको लक्ष्य लिएर मैदान छिरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि गौरभ टोमरले ३९, कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयक्रिसन कोल्सवालाले १८ रनको योगदान दिएका थिए । बलिङतर्फ चितवनका लागि करण केसीले ३ र कप्तान पारसले २ विकेट लिएको योगदान दिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन बनाएर १५० को लक्ष्य दिएको हो । चितवनका लागि हरिशंकर शाहले अर्धशतक पार गर्दै ६० रन बनाए । स्मिथ पटेलले ३१, अनिल कुमार शाहले २७ रनको योगदान दिए । कप्तान पारस खड्काले १४ र सुन्नी पटेलले १३ रनको योगदान दिए । बलिङतर्फ बसन्त रेग्मीले २ विकेट लिएका थिए ।

चितवनले अहिले सम्म भएका चार खेल मध्ये दुई खेलमा जित निकालेको छ भने दुई खेलमा हार बेहोरेको छ । यो जित संगै चितवनको अंक ४ भएको छ । पहिलो र दोस्रो खेलमा हार बेहोरेको चितवनले तेस्रो र चौथो खेलमा जित निकाल्यो ।