चिसो बढे सँगै न्यानो कपडाको व्यापार बढ्यो
सोलुखुम्बु- जिल्लामा चिसो बढे सँगै न्यानो कपडाको व्यापार बढ्नुका साथै न्यानो ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको बताए । ज्याकेटको माग अत्यधिक आएको छ, हामीलाई भ्याइनभ्याई छ‘न्यू ए वान टेलरिङ सेन्टर’सञ्चालक विश्राम हिङमाङले बताए।
माग बढेपनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ । काम गर्ने जनशक्ति कम हुँदा माग अनुसार ज्याकेट उत्पादन गर्न सकिएको छैन, दर्जीले भने । सोलुखुम्बु वस्त्रालयका सञ्चालक राजन भुसाल अर्डर अनुसार ज्योकट बनाउँदा ग्राहकलाई सस्तो पर्ने बताए । दैनिक ज्याकेटको व्यापारमा वृद्धि हुँदै गएको भुसालले बताए ।
अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले व्यापारमा वृद्धि भएको छ,उनले बताए । जाडो चाँडै शुरु भएका कारण न्यानो कपडा किन्नेको सङ्ख्या बढेको हो । व्यापारी रमेश बस्नेत जाडोको याम अघि दैनिक रु २० हजारको व्यापार हुने गरेकामा अहिले रु ३० हजारदेखि रु ३५ हजार सम्मको कारोवार हुने गरेको बताउछन ।