महानगरपालिकाले सुरु गर्यो न्यायिक समितिद्वारा मुद्दाको सुनुवाइ
विराटनगर- विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलासबाटै मुद्दाहरुको सुनुवाइ गर्ने प्रक्रिया सुरु गरेको छ ।
बिहीबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर एवं न्यायिक समितिका संयोजक इन्दिरा कार्कीसहित समितिका सदस्यहरुले इजलासको शुभारम्भ गरेका हुन् ।
अहिलेसम्म इजलासकक्ष गठन नहुँदा न्यायिक समितिमा पर्ने मुद्दाहरु उपमेयरको कार्यकक्षबाटै सुनुवाइ गरिँदै आएको थियो ।
महानगरले बिहीबारबाट छुट्टै इजालसकक्षको निर्माण गरी मुद्दाको निरुपण गर्ने कार्य सुरु गरेको विराटनगर महानगरपालिकाले जानकारी गरायो ।