वृद्धि भए सम्बन्धविच्छेदका मुद्दा
लमजुङ-भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधान सहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्धामा पुरुष भन्दा महिलाको सङ्ख्या दोव्बर बढि छ । करीब तीन महिनाको अवधिमा ३७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए ।
सम्बन्धविच्छेदका लागि विशेषगरी लाउन–खान नदिएको, अवैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन् । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको अदालतका स्रेस्तेदार शर्माले बताउनुभयो । गत आवमा १५१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये १३३ मुद्दा फछ्र्यौट भएको थियो ।
स्रेस्तेदार शर्माका अनुसार २६ महिला र ११ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् जसमा १४ महिलाले दर्ता गरेको मुद्दामा मिलापत्र गरिएको छ । पुरुषले दर्ता गरेको एउटा मुद्दा फिर्ता भएको छ ।