१७ लाखको रिचार्ज कार्ड चोरी पुन पक्राउ

काठमाडौं- दाङ्गवाट चितवन लैजाँदै गरेको अवस्थामा चोरी भएको १७ लाख रुपैया बराबरको रिचार्ज कार्ड सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएको २१ दिन पछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले २३ असोजमा दाङको भालुवाङबाट १७ लाखको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा रोल्पाका दलबहादुर पुनलाई पक्राउ गरेको हो ।

उनले रिचार्ज कार्ड चोरी गरेर रोल्पाका गाउँमा बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पुनले दाङबाट चितवन लैजादे गरेको १७ लाख रूपैयाँ बराबरको नेपाल टेलिकमको रिजार्ज कार्ड भालुवाङमा बाटोमै चोरी गरेका थिए। चोरी गरेका ति रिचार्ज कार्ड उनले केही बेचेका थिए भने केही प्युठानमा रहेको ससुराली घरमा समेत लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

पुनको प्युठानको स्वर्गद्धारी स्थित ससुराली घरमा चोरी गरेका रिचार्ज कार्ड फेला परेको प्रहरीले जनाएको छ ।

‘चोरी गरेको कार्डमध्ये केही बेचबिखन र केही ससुरालीमा लुकाएको अवस्थामा बरामद भएको छ। अभियुक्तलाई चोरी मुद्दामा कारवाही गरिरहेका छौं,’ प्रहरीले जनाएको छ ।