प्रधानमन्त्री ओली नै संघीयता विरोधी ; डा.शेखर कोईराला
उदयपुर- नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको आरोप लगाएका छन् ।
प्रहरी र कर्मचारीलाई संघीय सरकारको नियन्त्रणमै राखी प्रदेशको अधिकारलाई निस्तेज पारिएको, प्राकृतिक श्रोत तथा वित्तिय आयोग नवन्दा स्थानिय तथा प्रदेश सरकारले अराजक हिसाबले कर लिएको उनको भनाइ थियो ।
डा. कोईरालाले भने, ‘ प्रधानमन्त्रीले अन्तर प्रादेशिक परिषदको बैठक आफ्नै लहडमा रोकिदिएका छन् यसले गर्दा सरकार संघीयता विरोधी भएको प्रष्ट छ ।’
संघीयता असफल भए २०७२ को संविधना खारेज हुने र ०६२/६३ सालको आन्दोलनका सम्पूर्ण उपलब्धि गुम्ने खतरा रहेको डा. कोईरालाको भनाई थियो ।
‘प्रधानमन्त्री आफैं शक्तिशाली भएको बताउँदै सम्पती सुद्धि करण विभाग, राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान र एनजीओ, आइएनजिओको अनुगमन पनि उहाँलाई चाहिएको छ यस्ले प्रधानमन्त्री शक्तिको भोको भएको प्रष्ट भएको उनले बताए ।
नेपाली काग्रेसको काँधमा संघीयता जोगाउने जिम्मेवारी रहेको भन्दै संविधानलाई समय सापेक्ष संशोधन र परिमार्जन गर्दै , जन अपेक्षा र चाहना अनुरुप बनाउनुपर्ने उनले बताए । उदयपुरको गाईघाटमा नेपाली काग्रेसका अगुवा कार्यकर्ता संगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।