ऊर्जामन्त्री बर्षमान पुन नर्भिक अस्पतालमा भर्ना

काठमाडौँ- ऊर्जामन्त्री बर्षमान पुन नर्भिक अस्पतालमा भर्ना भएका छन् । छातीमा अचानक समस्या आएपछि शुक्रबार राति मन्त्री पुनलाई उनका सहयोगीहरुले मन्त्री निवास पुल्चोकबाट थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएर भर्ना गरेका हुन ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेको मन्त्री पुनका प्रेस सल्लाहकार रोशन खड्काले बताए ।

खड्काका अनुसार अहिले पुनको स्वास्थ्य जाँच भइरहेको छ ।२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए ।

उनी २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए । पुनको स्वास्थ्यमा पटक पटक समस्या देखिँदै आएको छ ।