तीन किशोरीद्धारा विष सेवन

दलित युवासंगको लभ चक्कर

व्ुटवल- गुल्मीको सिमिचौरस्थित भगवती माध्यामिक विद्यालयमा पढ्दा पढ्दै विष सेवन गरेर एक विद्यालयका तीन वटी छात्रा केही दिनअघि बेहोस भएका थिए । ती तीन जना छात्राह्ररु मध्ये पहिला विष सेवन कसले ग¥यो भन्ने बारे उनिहरुलाई पढाउने शिक्षक नारायण बस्नेत समेत अनविज्ञ रहेको बताउँछन् ।
शिक्षक बस्नेतले भने– “म विहान ९ बजेर १० मिनेट जाँदा कक्षाकोठामा छिरेको थिएँ । म भित्र पस्दा छात्राहरु मात्रै थिए । केहि बेरपछि ५÷६ जना छात्र पनि आए । बाहिर निस्केकी पार्वती भित्र पसेपछि बेस्सरी रोईन । के भयो भनेर सोद्धा रिङ्गाटा लाग्यो भनिन् । मैले मेडिकल चलाउने भागीरथ सरलाई फोन हाने । उहाँको फोन नउठे पछि हेपोको सरलाई फोन गरे । त्यसपछि उनलाई मैले वाईकमा राखेर हेपो पुर्याउन साथ फेरी दुई जना पनि त्यस्तै भएका छन् सर भन्दै फोन आयो । केहि बेरपछि उनिहरु दुई जनालाई पनि बाईकमा ल्याएर आईयो ।”
शिक्षक बस्नेतले भने “सुरुमा विष राखेको बोत्तल पखालेर पानी राखेर आएको र त्यही पिउँदा यस्तो भएको भनेर भने । उनिहरुले विष नै सेवन गरेको जिल्ला अस्पताल पुर्याए पछि मात्र थाह भयो । रमिता (नाम परिवर्तन) को साथमा बिष राखेको सिसी नै फेला प¥यो ।”
उनले भने “हिजो अस्ती हात समेत ब्लेडले चिरेको देखियो । हामीलाई प्राप्त जानकारी अनुसार उनले यहाँका एक जना दलित युवासंग माया प्रेम गरेकी रहिछन् । परिवारका सदस्यले थाह पाएपछि उनलाई त्याग भन्दै दुई तीनदेखि तनाव दिईरहेका रहेछन् । जिल्ला अस्पताल पुगे पछि उनिहरुले त्यो कुरा खोले । अन्य दुई वटीले झुक्किएर त्यही बोत्तलको पानी पिएर भने पनि कसले पहिला पिए भन्ने बारे म अनविज्ञ छु ।”
जिल्ला प्रहरी कार्यालयले भने पहिला रमिता (नाम परिवर्तन)ले विष पिएपछि त्यही बोत्तलको पानी भनेर पिएको बताएको छ । त्यस घटना लगत्तै रमितकी आमा पनि वेहोस भएकी थिइन् । उनले भनिन् –‘यस्तो गर्लिन भनेर त हामीले सोचेकै थिएनौं ।’ तीनै जना कक्षा १० मा पढ्ने उनिहरुको उमेर १६ बर्ष रहेको छ ।
विद्यालयको नियमति पढाईका लागि विद्यालय बन्द भए पनि शिक्षक बस्नेतले गणित बिषयको ट्युशन पढाउँदै आएका थिए । पाल्पा लगेर थप उपचार गरेपछि उनिहरुको स्वास्थ्य अवस्थामा सुधार आईसेकेको आफन्तजनले बताएका छन् ।