तिहारमा देउसीभैलो खेल्न समयावघि राति १० बजे सम्मलाई मात्र

काठमाडौ- निर्धारित समयावधि भन्दा बढी समयमा देउसीभैलो खेलेमा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो ।

देउसीभैलो खेल्ने बाहनामा राति उच्छृड्खल तथा आपराधिक गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले राति अवेरसम्म देउसीभैलो खेल्दा झैझगडा, कुटपिट, हुलदङ्गा हुनसक्ने भएकाले शान्तिसुरक्षा कायम राख्नका साथै अपराध नियन्त्रण गर्न राति १० बजे सम्मको समय अवधि उचित भएको भनाइ प्रहरीको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले पनि तिहार जस्तो महत्वपूर्ण चाडपर्वलाई आपसी घरपरिवारसँंग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन अपिल गरेको छ ।