भटट्राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा नियुक्त
काठमाडौ- आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भटट्राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा नियुक्त गरेको छ ।
भट्टराई यसअघि नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी)को नेपालतर्फको सदस्य थिए । गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालिन नेकपा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नं. ४ मा उम्मेददार बनेका थिए ।
निर्वाचनमा उनी नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पराजित भएका थिए ।
दोस्रो संविधानसभामा भट्टराई तत्कालिन नेकपा एमालेको तर्फबाट समानूपातिक तर्फबाट उम्मेदवार बनेका थिए ।
पूर्व सांसदसमेत रहेका उनी माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा उनको विदेश मामिला सल्लाहकार थिए ।