गाउँपालिकाले बिद्यार्थीहरुलार्इ बितरण गर्यो सेन्टरी प्याड

तानसेन- पुर्बखोला गाउँपालिका को ७५ प्रतिशत र बिद्यालय को २५ प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत पुर्बखोला गाउपालिका भित्रका ७ बटा माध्यमिक बिद्यालय र ८ बटा आधारभुत बिद्यालयका प्रअहरुको उपस्थितिमा माध्यमिक बिद्यालय हरुलाइ ३ प्याकेट र आधारभुत तहलाइ १ प्याक गरि २९ प्याक (१ प्याक .७२गोटा) सेन्टरी प्याड बितरण गरेको छ ।

उक्त कार्यक्रमका मुख्य गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले महिला हरुलार्इ शैक्षिक अध्ययन गर्न सहज होस्, शारिरिक परिवर्तनले बाधा नपोरोस र शारिरिक मानसिक रुपले स्वास्थ्य वातावरण मिलोस भन्ने उदेश्यका साथ यो सेन्टरी प्याड बितरण गर्न लागेको बताए ।

थापाले बिद्यालयमा अहिले दिएको सेन्टरि प्याट पुनः थप गरिने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराइ ले महिलाहरु ले आफुमा भएका शारिरिक समस्याहरु बताउन गाह्रो नमानीकन बिद्यालयका महिला शिक्षाहरुको मातहतमा महिला छात्रा हरुले गोप्य गरि बितरण गर्न निदेशन गरेका थिए ।