आप्रवासी श्रमिकको हकहितको साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको बैठक सुरु

काठमाडौ- आप्रवासी श्रमिकको हकहितको साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा सुरु भएको छ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता छ। कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध छन्।

बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल हुने छ।

आजको बैठकमा उच्च पदस्थ अधिकारीहरु सहभागि भएका छन्।

भोली मन्त्रीस्तरिय बैठक हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले जानकारी दिए।

कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो। सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ। बैठक भोलीसम्म चल्ने बताइएको छ।