जनताको म्यान्डेट लिएर आएको सरकार, प्रतिपक्ष र कर्मचारीसँग किन डराउने ?: नेता रायमाझी (भिडियो सहित)

टोप बहादुर रायमाझी अर्थात एक कुशल राजनीतिज्ञ । अर्घखाँची जिल्लामा जन्मेर मूख्य पेशाको रुपमा राजनीतिलाई अंगालेका उनी २०३६ सालदेखि निरन्तर आवद्ध हुँदै आएका छन् । तत्कालिन माओवादीभित्र प्रमुख पात्रका रुपमा रहेका उनी अहिलेको नेकपाका स्थायी समिति सदस्य समेत हुन्। उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेर काम गरिसकेका उनी अहिले संघिय सरकारका सांसद समेत छन् ।  पार्टी भित्र र वाहिर पनि स्पष्ट वक्ताको रुपमा चिनिने रायमाझी जनतामाझ अझै लोकप्रिय नेताको छविका रुपमा चित्रित छन् । संगठनका कामदेखि जनताका हरेक काममा सधै अग्रसर भइरहने उनी यतिवेला देशको राजनीति देखि नेपाली जनता र आफ्नो गृह जिल्लाका जनताको सपना पुरा गर्न आफूले चुनावमा जनतासामू गरेका प्रतिवद्धता पूरा गर्न तल्लिन छन् । रेसुङ्गा टूडेका लागि आज यिनै रायमाझीसँग देशको समसामयीक विषयबस्तु, नेकपा भित्र देखिएका समस्या, प्रतिपक्षको भूमिका र अर्घाखँची जिल्लामा उनले गरेका कामहरुमा अधारित रहेर कुराकानी गरेका छौं । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
भिडियो –