सरकारले चाँडै जनअपेक्षा अनुसार काम गर्ने; अध्यक्ष ‘प्रचण्ड’

जिरी-

आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताउनुभएको छ ।

सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

पार्टी एकताको प्रसङ्गमा उहाँले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताउनुभयो । नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको उहाँले प्रष्ट पार्नुभयो । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता दाहालले बताउनुभयो ।