आचार्यको ‘नौटंकी’ सार्वजनिक
काठमडौं । लोक दोहोरी गायक युवराज आचार्यको लोक दोहोरी गीत ‘नौटंकी’ सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल आचार्य दर्शक श्रोतामाझ लोकप्रिय हुँदै गएका छन् । स्वर, शब्द र संगीत सबै आफ्नै शैलीका रहेकाले आचार्यका दर्जनौ गीतहरु सुपर हिट बनेका छन् । मिर्मिरेमा भालेबासेको, फुल्कोडाली नुग्ने बेला भो, आफ्नै मन घाईते गराउछु, उठसानु उज्यालो भयो, उतैबस उतै माया लाऊ जस्ता गीतहरु सदावहार बनेका छन् ।
हाल जापानमा रहेका गायक आचार्यले लोक संगीत श्रृजनामा निरन्तरता भन्दा पनि लोक संगित संरक्षण र प्रवद्र्धनमा पु¥याएको योगदानको पनि प्रशंसा हुने गरेको छ । आफ्ना विगतका गीत जस्तै ‘नौटंकी’ गीतले लाखौं दर्शक श्रोताको माया बटुल्न सफल हुने बिश्वास आचार्यको छ ।
स्वर, संगीत र शब्द गायक आचार्यको रहेको ‘नौटंकी’ बोलको नयाँ गीतमा गायिका पूर्णकला बिसीको स्वर समेत रहेको छ । यस्तै गीतमा कृष्ण बि.क को अरेन्ज रहेको छन् भने राजेश घिमिरेको छायांकन र प्रकाश भट्टको निर्देशन रहेको छ । भिडियोमा नरेश बिर सिंह तथा अन्जली अधिकारीको अभिनय गरेका छन् ।