वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक हुँदै

कुन बैंकको नाफा कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको सुरुको तीन महिनाको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । यो अवधिमा बाणिज्य बैंकहरुले ४६ प्रतिशतले नाफा बढाएका छन् । यो नाफामा राष्ट्रिय बाणिज्य बैंकको हिस्सा छैन ।
कात्तिक मसान्तसम्म सबै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने प्रवधान छ । शुक्रबारसम्म वित्तीय विवरण सार्बजनिक गरेका २७ बैंकहरुले तीन महिनामै १३ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेका हुन् । अघिल्लो बर्षको असोजमा नाफा ९ अर्ब ४७ करोड रुपैयाँ थियो ।
शुक्रबारसम्म सार्वजनिक भएको वणिज्य बैंकहरुको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको पाइएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सर्वाधिक नाफा गरेको छ । बैंकले एक अर्ब ५ करोड ४६ लाख नाफा गरेको छ भने त्यसपछि नबिलले एक अर्ब ५ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । त्यसपछि नेपाल बैंकले ९१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ । सो बैंकको नाफा बढी देखिएपनि करिव ६ प्रतिशतले घटेको छ । सबैभन्दा कम नाफा सेञ्चुरी बैंककोछ । सो बैंकले २७ करोड ४० लाखा नाफा गरेको छ ।
इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गरेको असोजसम्मको वित्तीय विवरण अनुसा १७ दशमलब ८४ प्रतिशतले नाफा बढेको हो । गत वर्षको यही अवधिमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । खुद ब्याज आम्दानी एक अर्ब ५९ करोड रुपैयाँ गरेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ ।
नबिल बैंकले शुक्रबार प्रकाशन गरेकोे प्रथम त्रैमासमा एक अर्ब पाँच करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको उल्लेख छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा २० करोड ६० लाख अर्थात २३ दशमलब ६२ प्रतिशतले बढी हो ।
नबिल बैंकको फ्रि प्रोफिट भने राष्ट्र बैंकको रेगुलेटरी एड्जसमेन्ट वापत ११ करोड ९२ लाख रुपैयाँ व्यवस्था गर्दा खुद नाफाभन्दा घटेको छ । त्रैमासिक अवधिमा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ९३ करोड ३१ लाख रहेको छ । गत वर्ष बैंकको फ्रि प्रोफिट ८५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।
एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शीर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।
नबिल बैंकले निक्षेप संकलन र कर्जा प्रवाह रकममा पनि इन्भेष्टमेन्ट बैंकलाई पछाडि छाडेको छ ।
बैंकले चालू आवको प्रथम त्रैमास अवधिसम्म एक खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले एक खर्ब २३ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकले यस अवधिमा एक खर्ब २८ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले ९७ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिमा बैंकले १६ दशमलब २९ प्रतिशतले निक्षेप र कर्जा परिचालनतर्फ ३१ दशमलब ९५ प्रतिशतले बढोत्तरी गरेको हो ।
त्यस्तै मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैयाँभन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५–७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ । बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ ।
मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ । मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनसन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सयभन्दा बढी मेगा रेमिट सञ्जाल र ७९ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
नेपाल बङ्गलादेश बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गरेको हो । पहिलो तीन महिनामा ४२ दशमलब ९७ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा २२ करोड १ लाख रुपैयाँ नाफा गरेको छ । पहिलो तीन महिनामा ४७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्दा ६९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर १४ रुपैयाँ पुगेको छ ।
सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९ दशमलब ०३ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो । बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८करोड रुपैयाँ ऋण लगानी गरेको छ । खुद व्याज आम्दानी ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ ।
एनसिसी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७० दशमलब ४० प्रतिशतलेनाफा बढाएर २८ करोड चार लाख रुपैयाँ पु¥याएको छ । गत वर्ष बैंकको नाफा १६ करोड ४५ लाख रुपैयाँ थियो । बैंकले ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले खुद व्याज आम्दानी ८० करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । जबकी गत वर्ष यस्तो आम्दानी ३४ करोड ७६ लाख रुपैयाँ मात्रै थियो । प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ ।
जनता बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २९४.९५ प्रतिशतले नाफा बढाएको छ । बैंकले पहिलो तीन महिनाम २५ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ६२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । प्रति शेयर आम्दानी ९ रुपैयाँबाट १६ रुपैयाँ पुगेको छ ।
सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८९ दशमलब १४ प्रतिशतले नाफा बढाएको छ । बैंकले पहिलो तीन महिनामा २० करोड रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यही अवधिमा १० करोड ५७ लाख रुपैयाँ मात्रै थियो । बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले खुद व्याज आम्दानी ८० करोड १५ लाख रुपैयाँ छ भने गत वर्ष ४६ करोड ५४ लाख रुपैयाँ थियो । प्रतिशेयर आम्दानी ९ रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ ।
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ दशमलब ५२ प्रतिशतले नाफा बढाएको छ । पहिलो तीन महिनामा २७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । निक्षेप ७५ अर्ब ७९ करोड रुपैयाँ संकलन गरि ६६ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ८२ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ ।
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४६ दशमलब ९७ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा २५ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष १७ करोड ९ लाख रुपैयाँ थियो । बैंकले तीन महिनामा ६९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्दा ७४ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँबाट १४ रुपैयाँ पुगेको छ ।
एनएमबी बैंकले पनि आ.व. २०७५÷७६ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । यस त्रैमासमा बैंकले ५५ करोड करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५ दशमलब ८३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा ८२ दशमलब ७८ अर्ब पुगेको छ । उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा निक्षेपमा १३ दशमलब ८ अर्ब तथा कर्जामा १९ दशमलब ३ अर्ब बृद्धि भएको छ भने यस त्रैमासिकमा बचत निक्षेपमा रु.२.२४ अर्बले बृद्धि भएको छ ।
एनएमबी बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको छ ।