विश्व बैंकको ‘डुइङ विजनेस रिपोर्ट’मा नेपालको आपत्ति
करमा सहभागिता बढाउन सरकारको स्किम
काठमाडौं । सातौं राष्ट्रिय कर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले केही समय अघि विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेस रिपोर्टको सूचकमाथि प्रश्न उठाएका छन् । करको फाइलिङको सानो समस्यालाई देखाएकै पटक ५ स्थान तल झारिएको र यो स्वभाविक नभएको अर्थमन्त्री युवराज खतिवडाले बताए ।
विश्व बैंकसमक्ष यसमा प्रश्न उठाएपछि रिभ्यूको क्रममा रहेको उनले जानकारी दिए । उनका अनुसार सरकारले प्रश्न उठाएपछि विश्व बैंकले परिमार्जनका लागि मिसन पठाउन लागेको छ । अर्थमन्त्री खतिवडाले लोक कल्याणकारी राज्यमा कर तिर्नपर्छ भनेर कडाइ गर्दा सूचक मूल्यांकन नै अस्वभाविक पार्न नमिल्ने बताए । विश्व बैंकले नेपालमा कर तिर्ने समय र लागत झनै बढेको र यसले गर्दा अघिल्लो वर्षको तुलनामा व्यापार गर्ने वातावरण झनै बिग्रेको उल्लेख गरेको छ ।
व्यापार गर्ने सहजताको सूचकमा नेपाल ५ स्थान तल झरेको थियो। नेपालमा कर प्रणाली सुधारको क्रममा रहेको र स्वच्छ र पारदर्शी प्रणाली स्थापना गर्न कुनै कसर बाँकी नराखिने खतिवडाको भनाइ छ ।
करमा सहभागिता बढाउन सरकारको स्किम
सातौ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले देशभर कर सचेताना अभियान संचालन गर्ने भएको छ । २०५४ सालमा विभिन्न स्थानीय कर खारेज गरेर मूल्य अभिबृद्धि कर लागू गरेको अवसरामा प्रत्येक मंसिर १ गते मनाउँदै आएको कर दिवसको अवसरमा सातादिनसम्म देशभर विभिन्न कार्यक्रम गरिने विभागका महानिर्देशक डा विष्णु नेपालले जानकारी दिएका छन् ।
‘करको बारेमा जानकारी दिएर जाँदा सचेतना बड्छ र सहभागिता बढ्छ भन्ने ध्येयका साथ दिवस मनाईने छ’नेपालले भने । करको परिपालना बढाएर जानको लागि विभिन्न स्किम ल्याएको बताउँदै उनले सरकारले दिएको समयसीमा दायरामा नआएल विभगले कानूनअनुसार आफ्नो काम गर्ने बताए ।
आगामी पाँच वर्षमा १२ लाख करदाता थप गर्नेगरी दोस्रोच रणनीतिक योजना ल्याउने तयारीमा रहेको विभागले यो वर्षको असारसम्म कारोबारको विवरण नबुझाएका करदाता पुष मसान्तसम्म बुझाउन आए जरिबाना र ब्याज छुट दिने स्किम विभागले ल्याएको छ ।
सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल, व्यक्तिगत आयकरमा सिद्धार्थ शमशेर जबरा
सरकारले गत आर्थिक वर्ष (आव) २०७३÷७४ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । सातौं राष्ट्रिय कर दिवसका अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले उत्कृष्ट १५ करदातालाई सम्मान गरेका हुन् ।
आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । सोही मेसोमा उक्त आवमा सबैभन्दा बढी कर तिर्ने करदातालाई पनि सम्मान गरिएको हो ।
आव ०७३/७४ मा सबैभन्दा बढी कर सूर्य नेपाल प्रालिले तिरेको छ । त्यस्तै, व्यक्तिगत आयकरमा सबैभन्दा बढी तिर्नेमा सिद्धार्थ शमशेर जबरा छन् ।
सबैभन्दा बढी कर तिर्ने करदाता :