जापानीद्वारा चार लाख सहयोग
बेझाड पाल्पा-पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि रु चार लाख आर्थिक रकम सहयोग गरेका छन। साथै विद्यालयको भूइँबसाइ र ¥याक निर्माणका लागि उनले रु ५० हजार आर्थिक रकम सहयोग गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गा सोमैले बताए ।
यसैगरी ओकेबाजेले सरस्वती मावि निस्दी गाउँपालिका–५ कठैडाँडामा गरीब तथा जेहेन्दार विद्यार्थीको नाममा छात्रवृत्तिका लागि रु दुई लाख अक्षयकोष स्थापना गरिदिएका छन। उनले विद्यालयमा स्मार्ट पार्टी खरीद गर्न रु ५० हजार रकम पनि सहयोग गर्नुभएको प्रधानाध्यापक चन्द्रकान्त गैरेले बताए ।