बुटवलमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
बुटवलः रुपन्देहीको सैनामैना नगरपालिका सोरौलीमा कार र मोटरसाइकल एक आपशमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो १ः३० बजे पूर्व-पश्चिम राजमार्ग अन्र्तगत सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किदा उक्त घटना हुन पुगेको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ बस्ने ५० बर्षीय तिलक सुनार रहेको र अर्का एक जनाको परिचय खुल्न नसकेको बताइएको छ ।
ठक्कर दिने कार चालक विश्वराम थारुलाई इलाका प्रहरी कार्यालय रन्यौडाले नियन्त्रणमा लिइसकेको छ ।