विप्लवु माओवादीले मंसिर ८ गते काठमाडौंमा वृहत जनसभा गर्ने
‘विप्लवु माओवादीले मंसिर ८ गते काठमाडौंमा वृहत जनसभा गर्ने
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा जनसभाको घोषणा गरेको छ । यही मंसिर ८ गते काठमाडौंमा जनसभासँगै साताव्यापी पुर्नगठन दिवस मनाउने भएका हुन् ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पार्टीका केन्द्रीय स्तरका केही नेताको उपस्थितिमा बुधबार यस्तो सार्वजनिक गरिएको हो ।
‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हाँसिल गर्ने उद्देश्य राखेको यस पार्टीले ‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ मूल नारा बनाएको छ ।
वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको भन्दै आफ्नो पार्टीले जनताबीचमा न्यायको फैसला गर्ने उनीहरुको दावी थियो । जनसभामा पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले सम्वोधन गर्ने बताइएको छ ।