नेविसंघ महामन्त्री काफ्लेलाई हृदयघातः डाक्टर भन्छन् अवस्था चिन्ताजनक छैन
काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएको छ।
उनलाई बिहिबार राती ९ बजेतिर घरमै रहेका बेला हृदयघात भएको हो।
उनको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको जनायएको छ ।
उपचारका संलग्न चिकित्सकहरूका अनुसार काफ्लेको मुटुको एउटा भल्भ ब्लक भएको थियो। अहिले खोलिएको र खतरामुक्त रहेको बताएका छन्।
उनको अहिले सिसियूमा राखेर उपचार भइहेको छ।