महाधिवेशनको वातावरण निर्माण गर्न माग गर्दै नेविसंघको धर्ना

काठमाडौं- नेपाल विद्यार्थी संघले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गर्दै नेपाल विद्यार्थी संघ धर्नामा बसेको छ ।

नेविसंघले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो।

पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको भन्दै धर्ना कार्याक्रम आयोजना गरिएको विद्यार्थी नेता मोतिलाल भण्डारीले बताए ।

नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ। केन्द्रीय कार्यसमितिको मङ्सिर १ गते बसेको बैठकले नेविसङ्घको समयावधि दुई महिना थप गरेको छ।