रनर मोटरसाईकलको विक्री तानसेनमा
पाल्पा÷ रनर मोटरसाईकल तथा स्कुटरको विक्री पाल्पाको तानसेनमा पनि शुरु भएको छ । नेपालका विभिन्न जिल्लामा विक्री हुँदै आएको रनर मोटरसाईकल तथा स्कुटरको रोयल मोटर्स प्रालिले विक्रि सुरु गरेको हो ।
बंगलादेशमा निर्मित रनर मोटरसाईकल विक्री कक्षको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । सोरुमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले तराई तथा समथर भूभागमा घरायसी यातायात साधनको रुपमा साइकल, रिक्सा, अटो रिक्सा लगायतका सवारी साधन भएपनि पहाडी क्षेत्रमा एकमात्र विकल्प मोटरसाईकल भएकाले रनर मोटरसाईकलले पाल्पाली जनतालाई थप सेवा तथा सुविधा प्रदान गर्ने बताए । अन्य मोटरसाईकल भन्दा सस्तो र बढी वारेन्टी भएकोले आफुले रनर मोटरसाईकलको सेवा सुविधा तथा प्रविधि मन पराएको अध्यक्ष श्रेष्ठको भनाई छ । दुई महिना अघि बुटवल क्षेत्रमा कारोवार शुरु गरेको रोयल मोटर्स प्रालिले तानसेनको मेहलधारमा कारोवार शुरु गरेको हो । बंगलादेशमा १८ वर्ष अघिदेखि उत्पादन शुरु भई उत्कृष्ट ब्राण्ड बनाएको रनर मोटर साईकल एक वर्ष अघिदेखि नेपालमा रमर मोटर प्रालिले भित्र्याएको हो । कम्पनीले पाल्पाबाट ८ प्रकारका मोटरसाईकल विक्री शुरु गरेको छ । कम्पनीले ८० सिसीदेखि १ सय ५० सिसी सम्मका मोटरसाईकल विक्री गर्दै आएको जनाएको छ । तराईदेखि हिमालसम्मका कच्ची तथा पक्की सडकहरुलाई केन्द्रित गरी मोटरसाईकलको डिजाईन गरिएको कम्पनीले जनाएको हो । नेपालमा भएका अन्य बाईक कम्पनीहरुले भन्दा रनर बाईकको वारेन्टी समय बढी भएको, नेपालमा सबैभन्दा सस्तो बाईकको रुपमा रनर बाईकलाई लिने गरिन्छ । ६ वर्षको वारेन्टी, ८० सिसीको बाईक आरटी मोडल एक लाख २७ हजार रुपैयाँमा उपभोक्ताले किन्न सक्ने रोयल मोटर्स वक्र्स प्रालिका हुमबहादुर चिदीले जानकारी दिए ।
रनर मोटरसाईकल अन्तर्गत नेपालमा विक्री हुँदै आएका मध्ये बाईक आरटी ८० सिसीको मूल्य एक लाख ५२ हजार, एडी ८० डिलक्सको ८० सिसीको मूल्य एक लाख ६५ हजार, चीटा १ सय सिसीको मूल्य एक लाख ६९ हजार, रोयल प्लस १ सय १० सिसीको मूल्य १ लाख ८९ हजार रहेको छ । हाल कम्पनीले यी चार वटै मोडलमा नगद २५ हजार छुट दिएको जनाएको छ ।