सरकारी सुविधा फिर्ता लैजान आग्रह

भारत- भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीकी छोरी नमिता भट्टाचार्यले सरकारी सुविधा फिर्ता लैजान आग्रह गरेकी छिन् ।

भट्टाचार्यले प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्दै सरकारले दिदैँ आएको सुविधा फिर्ता लैजान माग गरेकी हुन् । उनले पत्रमा आफ्नो परिवार आफ्ना लागि खर्च धान्न सक्षम भएको उल्लेख गर्दै सरकारी सुविधा लिएर सरकारी सम्पत्तिमा भार दिन नचाहेको बताएकी छिन् ।

उनी कृष्णा मेनन मार्गमा रहेको घर खाली गरेर निजि निवासमा जान चाहेको पत्रमार्फत प्रधानमन्त्रीलाई जानकारी गराएकी छिन् । साथै उपलब्ध एसपीजी सुरक्षा सेवा पनि फिर्ता लिन आग्रह गरेकी छिन् । भारतीय सरकारले पूर्वप्रधानमन्त्रीको परिवारलाई निशुल्क चिकित्सा सेवा, सरकारी स्टाफ, घरेलू विमान टिकट र निशुल्क ट्रेन यात्रा जस्ता सेवा दिदैँ आएको छ ।

पूर्वप्रधानमन्त्रीका परिवारलाई आजीवन सुरक्षा सेवा दिने व्यवस्था वाजपेयीले नै ल्याएका थिए । उक्त निर्णयलाई कार्यान्वयनको लागि एसपीजी एक्टमा संसोधन गरिएको थियो ।

भट्टाचार्य जीवनभर अविवाहित रहेका स्वर्गीय वाजपेयीकी धर्मपुत्री हुन् । उनले राजकुमारी कौल र प्रोफेसर बीएन कौलकी छोरी नमितालाई वाजपेयीले धर्मपुत्री बनाएर पालेका थिए ।