विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गरिने
काठमाडौंँ -काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ ।
यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याए ।
विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्नेछौं ।
यातायात व्यावसायी भेषबहादुर थापाले काठमाडौंका सडक र बसको क्षमता जाँच गरी सामान्य उकालो र खाल्डाखुलडीमा पनि सहजै गुड्न सक्ने बस ल्याइने जानकारी गराए ।
सुन्दर यातायातले अबको दुई महीनामा ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका तीन वटा विद्युतीय बस सञ्चालन गर्ने तयारी समेत गरेको थापाले जानकारी गराए ।