तरकारी बिक्री गर्न धौ धौ
तुलसीपुर-तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी घर घरमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता छ ।
उपमहानगरपालिकाका १९ वडाका अधिकांश किसान कृषि पेशामा आबद्ध छन् । पछिल्लो समयमा धेरै किसानले व्यावसायिक रुपमा कृषि पेशा अपनाएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी भने बिक्री गर्न धौधौ हुने गरेको छ । सडकमा बसेर तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ, स्थानीय किसान छोटीराम चौधरीले भने , सडकमा बसेर तरकारी बिक्री गर्दा दुर्घटनाको जोखिम रहन्छ ।
तरकारी बिक्री गर्नका लागि घरघरमा पु¥याउँदा उचित मूल्य नपाएको तुलसीपुर–११ का जागेश्वर भण्डारीको गुनासो छ । उहाँले सम्बन्धित निकायले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । तरकारी बिक्री गर्नका लागि निश्चत स्थान छैन, कहिले कुनै व्यक्तिको घरमा त कहिले सडकमा बसेर तरकारी बिक्री गर्नुपर्छ । किसान भाडा तिरेर अरुको पसल अगाडि तरकारी बिक्री गर्दै आएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले किसानको माग उचित भएको बताए । तरकारी बिक्री केन्द्र निर्माणका लागि पहल भइरहेको छ । तुलसीपुरको सेन्टर माविको जग्गा भाडामा लिएर तरकारी बिक्री केन्द्र निर्माण गर्ने योजना रहेको पाण्डेको भनाइ छ ।