नतिजामुखी काम भएनन-नेता प्रकाशमान सिंह
काठमाडौँ-श्वेत विनायक बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नतिजामुखी काम गर्न नसकेको बताएका छन ।
यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट, सुनकाण्ड, निर्मला पन्तको बलात्कार जस्ता घटनाको अनुसन्धान गर्न सरकारले नसकेको आरोप लगाए । पार्टीका पूर्व महामन्त्री सिंहले संविधान कार्यान्वयनका लागि काङ्ग्रेसको साथ र सहयोग सधैँ सरकारलाई रहिरहने उल्लेख गरे ।