राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार
लागोस- नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।
निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो ।
स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति छन् ।
त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६१५ जना पुरुष र २३३ जना महिला रहेका छन्।
आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्र गर्दै सहयोगका लागि आह्वान गरे ।
राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार
2018-12-01 15:39
लागोस, १५ मङ्सिर (रासस÷सिन्ह्वा) ः नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् ।
निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो ।
स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमुद याकुबुले राष्ट्रपति पदका लागि ७३ ओटा पार्टीले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । नाइजेरियामा अहिले मुहम्मद बुहारी राष्ट्रपति हुुनुहुन्छ ।
“त्यसैगरी राष्ट्रिय संसदका लागि एक हजार ८४८ जना उम्मेदवार छन्, ती मध्ये एक हजार ६१५ जना पुरुष र २३३ जना महिला रहेका छन्,” उहाँले भन्नुभयो ।
आयोगका अध्यक्ष याकुबले निर्वाचन स्वतन्त्र, निश्पक्ष र विश्वसनीय बनाउने प्रतिवद्धता व्यक्र गर्दै सहयोगका लागि आह्वान पनि गर्नु भएको छ ।