अत्यावश्यक बाहेक अन्यलाई छ घण्टा रोक
रेसुङ्गा टुडे | सोमवार, मंसिर १७, २०७५ मा प्रकाशित
पाल्पा-आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । पाल्पा-बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्यले बताए । त्यस अवधिमा बिहान १० देखि साँझ ४ बजेसम्म केराबारी देखि चिडियाखोलासम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको कार्यालयले जनाएको छ । दिउँसोको समयमा सडक बन्द हुँदा बुटवलदेखि पोखरा, स्याङ्जा, गुल्मी, पर्वत, पाल्पा लगायतका जिल्लामा आवतजावत गर्ने यात्रुलाई समस्या पर्नेछ ।