रेसुङ्गा टुडे | सोमवार, मंसिर १७, २०७५ मा प्रकाशित
फ्रान्स-फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारी धनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै आएका छन् ।
प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गर्ने कार्यक्रम रहेको थियो ।