कुमारी बैंकले लाभांश शेयर दिने
रेसुङ्गा टुडे | सोमवार, मंसिर १७, २०७५ मा प्रकाशित
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कुमारी बैंकले १२ दशमलव ७५ प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन ।बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ ।
बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रहेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ७५ प्रतिशत शेयर लाभांशबाट रु ९१ करोड २२ लाख ८९ हजार ५७३ पूँजी थप हुनेछ । लाभांश शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब सात करोड ६३ लाख ४५ हजार पुग्नेछ ।