रेसुङ्गामा पानीको हाहकारः
मेयरद्वारा ट्याक्टरबाट वितरण
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्वर ८ मा पिउनेपानीको हाहाकार भएको छ । सो वडाका रैथानेहरुले दर्जनौ पिउनेपानीका मुहानहरु निजी रुपमा प्रयोग गर्दै बारीमा सिचाई गर्दा पिउनेपानीको अभाव भएको सो वडाका उपभोक्ता रामलाल पाण्डेले बताए । वडा र नगरपालिकाले ती ब्यक्तिले कब्जा गरेका खानेपानीका मुहानहरु एकिकृत गरेर ट्याङ्कीमा संकलन गर्न ढिला सुस्ती गरेका कारण शुक्रवार सो वडाका उपभोक्ताहरुले नगरपालिका घेराउ गर्न पुगेका थिए ।
त्यहाँका उपभोक्ताहरुको गुनासो सुने लगत्तै मेयर डिल्लीराज भुसालले तत्काललाई ट्याक्टरद्धारा नगरपालिकाले टोल टोलमा पिउने पानी पु¥याउने र त्यस पछि छिट्टै नै ती ब्यक्तिले कब्जा गरेका मुहानहरु नगरपालिका मातहतमा ल्याई ट्याङ्कीमा संकलन गर्ने उद्घोष गरे पछि उपभोक्ताहरु खुशी हुँदै फर्केका थिए ।
उनले तत्काल मातहतका कर्मचारीहरुलाई फोन गरेर तत्कालै ट्याक्टरमा टोलटोलमा पानी पु¥याउन निर्देशन दिएका थिए । ‘हामी गम्भीर छौं, त्यस वडाका जनताहरु मध्ये धेरै जसोले घाँटी भिजाउने पानी पाएका छैनन् कतिपयले भने मुल कब्जा गरेर बारी भिजाएका छन्, हामी त्यसो हुन दिन्नौं, एकिकृत गरेर ट्याङ्कीमा संकलन गरी अभाव पुर्ति गर्न लागेका छौं, तपाईहरु केहि दिन धैर्य गरी दिनुहोस्’–उनले त्यस वडाका उपभोक्ताहरुलाई सम्वोधन गर्दै भने –‘त्यतिञ्जेल सम्मका लागि टोल टोलमा ट्याक्टरबाट पानी पु¥याउने छौं । ’
त्यस वडाका वडाध्यक्ष भरत भलामीले पनि तत्कालै ती ब्यक्तिले कब्जा गरेका मुहानहरु एकिकृत गर्ने गरी काम अगाडी सारेको बताए । मेयर भुसालको कार्यकक्षमा डेलिगेशन पुगेका अर्का उपभोक्ता यमबहादुर थापाले मेयर भुसाल पिउनेपानीको अभाव प्रति गम्भीर भएकोमा धन्यवाद दिएका थिए । त्यस वडाका उपभोक्ताहरुले पानीको अभाव खेपेको महिनौ भई सक्यो । उनिहरुले पानी धारामा नआए पनि मासिक ८० रुपैयाँ बिना उपभोग तिर्नु परेको छ ।