समानुपातिक विज्ञापन तत्काल वितरण गर्न महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानीका मिडिया हकहित तथा संरक्षण समितिले साना लगानीमा सञ्चालित स्वरोजगारमुखी मिडियाहरुको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा शनिबार वृहत अन्तरक्रिया गरेको छ ।
नुवाकोटको पर्यटकीय स्थल ककनीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले साना लगानीका मिडियाको हकहित तथा प्रवद्र्धनमा तिनै तहका सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
‘साना लगानीका सञ्चारमाध्यमको प्रवद्र्धनमा स्थानीय तहको भूमिका’ विषयक सो अन्तरक्रियामा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पन्डितले अबका युग सकारात्मक सन्देश प्रवाह गरी विकास र समृद्धिमा लाग्नुपर्ने युग भएकाले पत्रकारहरुलाई सकारात्मक समाचार लेख्न आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री पन्डितले एका÷दुई सञ्चारकर्र्मीबाट गल्ती हुँदा नागरिकले सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण फरक पर्ने बताउँदै सम्पूर्ण सञ्चारकर्मीहरुले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्ने धारणा बताउनु भयो ।
ककनी भेलाले जारी गरेको सात वुँदे ककनी प्रतिवद्धता ग्रहण गर्दै मन्त्री पन्डितले पत्रकारको मागप्रति आफू गम्भीर रहेको बताउँदै सरकारका तर्फबाट भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


सामान्य प्रशासन मन्त्री पन्डितले समाज परिर्वतनमा पत्रकार तथा सञ्चामाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै साना लगानीका पत्रपत्रिकालाई टिकाउन राज्यले केही न केही समन्वयकारी भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भेलाबाट साना लगानीबाट सञ्चालित सञ्चामाध्यमहरुको पिरमर्का नजिकबाट बुझ्ने मौका मिलेको बताउँदै अबका दिनमा आफूले संसद लगायतका हरेक निकायमा यसका पक्षमा जोडदार ढंगले आवाज उठाउने बताउनुभयो ।
सभापति विडारीले आफ्नो जिम्मेवारी कानुन निर्माण र नमिलेका कानुन मिलाउने भएको बताउँदै साना लगानीका मिडियामैत्री कानुन हरेक तहका सरकारले निर्माण गरी त्यस्ता मिडीयाहरुलाई बचाउनुपर्ने बताउनुभयो । उहाँले स्वतन्त्र, वास्तविक तथा स्वावलम्बी पत्रकारहरुको संस्थाका रुपमा समितिले भूमिका निर्वाह गर्दै आएको आफुलाई महशुस भएको बताउँदै साना लगानीका पत्रपत्रिकाहरुले व्यावसायिक एकरुपता कायम गर्न सक्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले नेपालका ठुला मिडियाहरु व्यापारी, तस्करलगायतका अन्य व्यवसायीहरुका हातमा पुगेको बताउँदै साना मिडियामैत्री नीति जारी गरिनुपर्ने बताउनुभयो । सञ्चारकर्मीहरुले पनि आफूबाट भएका कमीकमजोरी सच्चाउने तत्परता देखाउनु पर्ने बताउनुभयो । उहाँले समानुपातिक विज्ञापन लागू नभएसम्म पत्रकार महासंघले नछाड्ने बताउँदै यसको लागि जस्तोसुकै धर्ना, विरोधका कार्यक्रम पनि अगाडि बढाउने चेतावनी दिनुभयो । समानुपातिक विज्ञापन लागू गरिएमा साना लगानीका पत्रपत्रिका बन्द हुनबाट जोगिने र राज्यलाई पनि त्यसले फाइदा पुर्याउने बताउनु भयो । अध्यक्ष आचार्यले पत्रकारहरुको जीवन वीमाका लागि आफूले पहल गरिरहेको बताउँदै सरकारको सहयोग आवश्यक भएको पनि बताउनुभयो ।
कार्यक्रमका सभापति तथा साना लगानीका मिडिया हकहित तथा संरक्षण समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाज परिवर्तनमा साना लगानीबाट सञ्चालित सञ्चारमाध्यमहरुले खेलेको भुमिकाको मूल्यांकन हुनुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहमा सञ्चालित साना लगानीका सञ्चारमाध्यमहरुको अवस्था नाजुक रहेको बताउँदै यसको प्रवद्र्धनका लागि राज्यबाट विशेष पहल हुनुपर्ने बताउनुभयो ।


समानुपातिक विज्ञापन लागू गर्न माग गर्दै समितिका संयोजक चौलागाईले राज्यले उपलव्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम आठ वर्षदेखि नबढेको बताउँदै सो रकम दोव्वर गर्न सरकारसँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा समितिद्धारा परित सात बुँदे ककनी प्रतिवद्धता मन्त्री पन्डितलाई हस्तान्तरण गर्दै ककनी प्रतिवद्धता पत्र ऐतिहासिक हुने बताउनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराज, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुषाल, सशस्त्र प्रहरी वल तालिम केन्द्र ककनीका प्रमुख एसएसपी गणेश ठाडा मगर, ककनी गाँउपाँलिका अध्यक्ष मानबहादुर लामा लगायतले समितिले उठाएका मागप्रति ऐश्वयवद्र्धता व्यक्त गर्दै आआफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरु र सातै प्रदेशका प्रतिनिधीमुलक अग्रज पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा जर्मनीका पत्रकार एभा इनर्सले जर्मनीको पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गर्दै नेपालका पत्रकारहरुको मागप्रति ऐक्यवद्धता जनाएकी थिइन् ।
सात वुँदे ककनी प्रतिवद्धता पत्र तथा मागहरु
१. स्थानीय तहबाट स्थानीय तहमा रहेका साना लगानीका पत्रपत्रिकालाई सम्वद्र्धन गराउन ।
२. सरकारले पत्रपत्रिकालाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोव्वर गराउन ।
३. स्थानीय तह र प्रदेश तहमा बन्ने ऐन नियम साना लगानीका पत्रपत्रिकाका प्रवद्र्धनमैत्री बनाउन ।
४. दीर्घकालिन ऐन, नीतिहरु जारी नहुन्जेल केन्द्रीय तहबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी साना लगानीबाट सञ्चालित मिडियालाई उचित विज्ञापनको व्यवस्थापन गराउन ।
५. समानुपातिक विज्ञापन प्रणालीको तत्काल कार्यान्वयन गराउन ।
६. साना लगानीबाट सञ्चालित मिडियालाई प्रविधिमैत्री बनाउन
७. साना लगानीबाट सञ्चालित मिडियालाई सम्वद्र्धन गर्न संघ, प्रदेश तथा स्थानीय तहमा छुट्टाछुट्टै मिडिया विकास कोषको स्थापना गराउन ।