स्वर्ण महोत्सवको तयारीमा जुट्दै गुल्मी हुँगाको जजामावि

काठमाडौं-  गुल्मीकैे नमूनाको विद्यायलयको रुपमा रहेको हुँगाको जनजागृति माध्यामिक विद्यालय आफ्नो स्वर्ण जयन्तीको तयारीमा जुटेको छ ।

स्वर्ण जयन्तीलाई भब्य र सभ्य तरिकाले मनाउने तयारीमा जुटेको स्वर्ण जयन्ती मूल समारोह समितिले आफ्ना गतिविधिलाई यतिवेला जोड तोडका साथ अगाडि वढाइरहेको छ ।  

यसैक्रममा मूल समिति काठमाडौंमा रहेका विभिन्न व्यक्ति र संस्थाहरुसङ्ग सहकार्य गर्ने क्रममा जुटेको छन । काठमाडौंमा रहेका हुँगेली जनता गुल्मेली नेता नेपाली कांग्रेसका केन्द्रीय  सदस्य चन्द्र भण्डारी  तथा यसका शुभचिन्तकहरुसँगको भेटघाटलाई तिब्र रुपमा अगाडि वढाएका छन। यसै क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटघाट गरेको छ ।

विद्यालय व्यवस्थापन समिति र छत्रकोट गाउँपालिका प्रतिनिधिहरुसँग सिंहदरवारमा भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले स्वर्णमहोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरेका छन् ।

उनले जनजागृति माध्यामिक विद्यालयले गुल्मीकै शैक्षिक जगतमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालयको आर्थिक श्रोत बढाउन सबैले सहयोग गर्नुपर्ने समेत बताएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक महेश्वर भण्डारीले जानकारी दिए ।

अहिले स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक महेश्वर भण्डारी, उपसयोजक यमलाल भण्डारी, छत्रकोट गाउँपालिका वडा नम्वर १ का अध्यक्ष धातानन्द भण्डारी, रणबहादुर पल्ली, बिष्णुप्रसाद भण्डारी, हुँगेली समाजका उपाध्यक्ष देबेन्द्र पौडेल,महासचिव नुर भण्डारी, नेबि संघका नेता मोति भण्डारी  लगायतका व्यक्तिहरु अहिले विद्यालयको स्वर्णजयन्तीको तयारीका लागि काठमाडौं आएका छन् ।

२०२४ सालमा स्थापना भएको जनजागृति माविले यही पुस एक देखि पाँच गतेसम्म भव्यताका साथ स्वर्ण महोत्सव मनाउँदै छ ।