पाल्पामा गरिबीको संख्या २१.६ प्रतिशत
पाल्पा÷ प्रदेश ५ का १२ जिल्लामध्ये पाल्पामा २१.६ प्रतिशत जनता बहुआयामिक गरिबीको रेखामुनि रहेको पाईन्छ । दुई लाख ६१ हजार १ सय ८० जनसंख्यामध्ये २१.६ प्रतिशत जनता गरिबीको रेखामा रहेका हुन् ।
राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्यांक अनुसार पाल्पाको बहुआयामिक गरिबीको प्रतिशत २१.६ रहेको हो । बहुआयामिक गरिबीले पोषण, बाल मृत्युदर, शिक्षा, खाना पकाउने इन्धन, सरसफाई, खानेपानी सुविधा, विजुली, भुइँ तथा छानाको अवस्था र सम्पत्तिको स्वामित्व आदिलाई समेटेको छ । प्रदेशमा १५ लाख नागरिक बहुआयामिक गरिबीको रेखामा रहेका छन् । यो प्रदेश बहुआयामिक गरिबीको दोस्रो स्थानमा रहेको छ । प्रदेशलाई संख्यामक रुपमा दोस्रो बहुआयामिक गरिबी भएको प्रदेशका रुपमा लिएको पाईन्छ । गरिबीको अनुपात २९.९ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत २८.६ प्रतिशत भदा बढी हो । प्रदेश ५ मा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको छ । यो प्रदेशको बहुआयामिक गरिबीको सूचक ०.१३३ रहेको छ जुन राष्ट्रिय औसत ०.१२७ भन्दा बढी हो ।