बिहान ११ बजे प्रधानमन्त्री कार्यालयमा मुख्यमन्त्रीहरूको बैठक बस्ने
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अन्तरप्रदेश परिषदको बैठक बोलाएका छन् ।
बैठक बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ ।
संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा गर्न बैठक बोलाइएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूका साथै गृह, अर्थलगायतका वरिष्ठ मन्त्रीहरू पनि सहभागी हुनेछन् ।
मुख्यमन्त्रीहरूले आ–आफ्ना प्रदेशमा भएका कामबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन् । मुख्यमन्त्रीहरूको रिपोर्टिङपछि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।