विद्यालयमै चरम लापरवाही

भित्र विद्यार्थी बाहिर भोजभतेर

पाल्पा । जिल्लामा रहेको बााल मन्दिर प्राथमिक विद्यालय दरवार परिसरमा विद्यालय समयमा भोज भतेर, विवाह ब्रतवन्ध जस्ता कार्यक्रम सञ्चालन गरेको पाइएको छ । बुधवार विद्यालय समयमा गुफा कार्यक्रमका लागि भोज पकाईरहेको अवस्था पाईएको हो । विद्यालय शान्ति क्षेत्र भनिए पनि यहाँ प्रायजसो भोज भतेर, विवाह व्रतबन्ध हुने गरेको पाईन्छ । बुधवार विद्यालय समयमा गुफा कार्यक्रमका लागि भोज पकाईरहेको अवस्थामा जिल्लाका सरोकारवालाहरुले भने विद्यालय प्रशासनलाई भोज भतेर सञ्चालन नगर्न अनुरोध गरेका छन् । विद्यालय हो भने विद्यालय जस्तो गरी चलाउनु प¥यो, भोज भतेर चलाउन हल भाडामा दिने हो भने विद्यालय बन्द गरी भोज भतेर सञ्चालन गरी आम्दानी गर्नु प¥यो शिक्षक अभिभावक संघका अध्यक्ष विशाल दर्लामीले भने । बालमन्दिर परिसरमा पार्टी प्यालेस जस्तै भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सहितको टोलीले विद्यालय समयमा भोज भतेर नगर्ने निर्णय गरेको थियो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समितिको बैठकमा समेत विद्यालय समयमा भोज भतेर नगर्ने निर्णय विपरीत क्रियाकलाप भएको शिक्षक अभिभावक संघका अध्यक्ष दर्लामीले बताए ।
विद्यालय विदाको समयमा मात्र हल भाडामा दिने निर्णय भएको उनले जानकारी दिए । विद्यालयकी प्रधानाध्यापक पार्वती पौडेलले हल भाडामा दिने विषयमा आफुसंग सरोकार नभएको सञ्चालक समितिले निर्णय गर्दै भाडा दिदै आएको बताईन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष मिनबहादुर केसीले विद्यालय समय पछिको लागि मात्र कार्यक्रम बुकिङ्ग गरिएको बताए । विद्यालय समयमा पढाईमा बाधा नपरोस् भनी गीत बजाउन, नाचगान गर्न, डेक स्पिकर बजाउन नदिएको अध्यक्ष केसीले जानकारी गराए । विद्यालयका ४ जना नीजि क्षेत्रका शिक्षक र २ जना कार्यालय सहयोगीको तलव हलभाडा मार्फत भुक्तानी गर्दै आएको केसीले बताए । सरकारी दरवन्दीका २ जना मात्र शिक्षक भएको र अन्य शिक्षक र कर्मचारी नीजि क्षेत्रबाट व्यबस्थापन गर्नुपर्ने बाध्यता भएकाले अतिरिक्त आम्दानी नभए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष केसीले बताए । पढाईमा बाधा नगर्ने गरी हल भाडामा दिएको उनले जानकारी गराए ।