हिंसा विरुद्धको कार्यक्रम रिब्दीकोटमा
पाल्पा÷हिंसा विरुद्धको सचेतिकरण कार्यक्रम रिब्दीकोट गाउँपालिका १ ख्याहाको जोगीथुममा भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतिकरण कार्यक्रम भएको हो ।
लैंगिक हिंसा र दुव्र्यवहार,ः छैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय मूलनारासहित कार्यक्रम भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले महिला तथा बालबालिका माथि हिंसा किन हुन्छ ? सोको निराकरणका लागि अपनाउनुपर्ने उपाय तथा अपराध भएमा हुने कानुनी कारवाहीका विषयमा जानकारी दिएका थिए । विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले लैंगिक हिंसा हुन नहुने र कुनै समस्या भएमा न्यायिक समितिले सहयोग गर्ने प्रतिवद्धता जनाइन् । नेपाली कांग्रेसका वडा अध्यक्ष रामचन्द्र पाण्डेले नेपाली काँग्रेस सधै भरी लैंगिक हिंसाको विपक्षमा रहेको बताए ।
कार्यक्रममा कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेश कुमाल, समाजसेवी नारायण कुमाल, नारायणबहादुर पहराई, जुना टन्डन लगाएतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपाल वार एसोसियसनका सदस्य अधिवक्ता शान्ति बस्यालले कार्यपत्र पेश गर्दै महिला हिंसा तथा लैंगिक हिंसाको इतिहास तथा नेपाली समाजको गलत सोच एवं संस्कारका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रम वडा १ ख्याहाका वडा अध्यक्ष विष्णुप्रसाद गैरेको अध्यक्षता, वडा सदस्य गीता कौशलको स्वागत र महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख पवित्रा परियारको सञ्चालनमा भएको थियो ।