सैनामैना नगरपालिकाले राजमार्गको ८२ फुट भित्र पर्ने सम्पूर्ण सम्रचना हटाउदै
रुपन्देहि- सैनामैना नगरपालिकाले मंगलबार एक सुचना निकालेर बुधबारसम्म ८२ फुट भित्र राखेका निर्माण सामाग्री, कवाडी, मालसमान, चौपाया, ठेला ब्यवसाय नहटाए बिहिबार नगरपालिकाले भारी यन्त्र प्रयोग गरेर हटाउने सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले जानकारी दिएका छन।
नगरपालिकाले यस अघि पटक पटक सुचना निकाल्दा समेत अटेरी गरेर ८२ फुटमा सामान राख्नेहरुको नगरपालिकाले समान जफत समेत गर्ने उनले चेतावनी दिए ।
विहिबार नगरपालिका , सडक डिभिजन , सरोकारवाला, प्रहरी प्रशासन सहित जेसिब, ट्रिप्पर , भारी यन्त्र प्रयोग गरि हटाउने भण्डारीले बताए ।
नगरपालिकाले पटक पटक सुचना निकालेर पुर्वपश्चिम राजमार्ग वरपर ८२ फुट सरसफाईको लागि स्थानीयसँग अनुरोध गरेको थियो । ८२ फुट वरपर रहेका समाना नहटाउनेलाई नगरपालिकाले फेरि २४ घण्टाको अन्तिम चेतवानी दिएको हो ।
पुर्वमा बनकट्टा र पश्चिममा कोठी नदिको भागसम्म नगरपालिकाले ८२ फुट सफाई गर्न लागेको हो । नगर प्रमुख चित्र बहादुर कार्कीले सडक विस्तारको विषयमा आम जनतामा चासो रहेको बताउँदै सडक क्षेत्र अधिकार भित्र पुर्ण रुपमा सरसफाई गर्ने बताए। सडक विस्तारको कामलाई कुनै अपरोध नपुगोस् भनि सडक डिभिजनको कामलाई नगरपालिकाले सहयोग गरेको बताए।