नेपाल टेलिकमले इन्टरनेट ब्यान्डविथकाे मूल्य घटाउने

काठमाडाैँ- नेपाल टेलिकमले विदेशबाट खरिद गरेर ल्याउने इन्टरनेट ब्यान्डविथकाे मूल्य घटाउने तयारी भइरहेकाे सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँस्काेटाले बताएका छन् ।

टेलिकमकाे लागत मूल्य घटाएर उपभाेक्तालाई समेत सस्ताे बनाउने पहल भइरहेकाे जानकारी दिँदै मन्त्री बाँस्काेटाले  अबकाे एक हप्तामा नै मूल्य समायाेजन गरिने बताएका हुन् ।

नेपालकाे सबैभन्दा ठूलाे दूर सञ्चार सेवा प्रदायक नेपाल टेलिकमले हाल भारत र चीनबाट प्रति एमबीपिएस १८ अमेरिकी डलर तिरेर ब्यान्डविथ ल्याइरहेको छ । यस मूल्यमा समायोजन गरेर कम्तीमा १२ डलरमा झार्ने पहल भइरहेकाे उनले जानकारी दिए ।

आफु मन्त्री भएर आउँदा टेलिकमले  प्रति एमबीपिएसकाे ३० डलर तिरिहेको बताउँदै मन्त्री बाँस्काेटाले भने, ‘बीचमा सिधै मूल्य घटाउन मिल्दैनथियो तर पनि हामीले सहमति गरेर १८ डलरमा झारेका हाैँ ।

फेरि पनि हामी छलफलमै छौँ, यसबाट न्यूनतम ६ डलर मूल्य घट्नेछ ।’ विदेशबाट ल्याइने व्यान्डविथको मूल्य घट्दा उपभोक्ता र कम्पनी दुवैलाई फाइदा हुने उनकाे भनाइ ।