काँग्रेस महासमिति बैठक काठमाडौमा सुरु

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक शनिबार काठमाडौमा सुरु भएको छ ।  बैठकको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन सत्रपछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांगठनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ । पार्टीको विधान पनि महासमिति बैठकमा  छलफलका लागि पेस गरिनेछ ।

बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भातृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि,  निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।

केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु पनि बैठकमा सहभागी भएका छन् ।

बैठक पुस ३ गते सम्म चल्ने छ ।   विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनायता बैठक हुन सकेको थिएन ।