आज देशभरि चिसो बढ्दै

काठमाडौ- सोमबार देशभरि चिसो बढेको छ । काठमाडौंको तापक्रम २.५ डिग्रीमा झरेको छ । बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ उत्तर– उत्तर पश्चिम दिशातर्फ सरिरहेकाले नेपालमा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको आंशिक प्रभावका कारणले नेपालका कतिपय स्थानमा बदली भइ वर्षा हुने र उच्च हिमाली भू–भागहरुमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।