गणतन्त्रको असफलताले हिन्दूराष्ट्र र राजसंस्था प्रति जनताको आकर्षण: अध्यक्ष थापा

कैलाली- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले चुनाव हारेको भएपनि पार्टीले उठाएका एजेन्डाको पक्षमा जनमत बढ्दै गएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेश कार्यसमितीले  धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका संवाहकको असफलताले हिन्दूराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रप्रति जनताको आकर्षण बढेको बताए ।

उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त घटना प्रकरण चार महीना बितिसक्दा सक्दा पनि अहिलेसम्म अपराधीलाई कानूनी कठघरामा ल्याउन नसक्नु सरकारको कमजोरी भएको आरोप लगाए ।

दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सो पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक श्यामबहादुर शाहीले पार्टीको एजेण्डाका कारण चुनावमा पराजय हुन परेको नभई सङ्गठन कमजोर भएकाले हार बेहोर्नुपरेको बताए ।