नेपाली कांग्रेस महासमितिको बैठक दुई घण्टाका लागि स्थगित

काठमाडाैँ- नेपाली काँग्रेसको महासमिति बैठक एक बजेसम्मका लागि स्थगित भएको छ । महासमितिको बैठक चलिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको छ ।

महासमितिको बैठक दुई घण्टाका लागि स्थगित भएको छ। खानापछि बस्ने गरेर स्थगित गरिएको हो’, उनले भने, ‘विधान संशोधनको प्रस्तावमा छलफल गरेर महासमितिमा लैजानेबारेमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल जारी छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

विधानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच केही विषयमा विवाद छ । विवाद भएपछि महासमितिको बैठकमा विधान संशोधनको प्रस्ताव पेश हुन सकेको छैन ।

कांग्रेसको दोस्रो तहका नेताहरूको पहलमा विधानमा देखिएको विवादित विषयलाई मिलाउने प्रयास भएको एक नेताले बताए । वरिष्ठ नेता पौडेल समूहले कांग्रेसको महाधिवेशन छिटो गर्न माग गर्दै आएको छ । त्यो मागलाई देउवा समूहले रुचाएको छैन ।

विधानमा बढाइने पदाधिकार सबैलाई निर्वाचित गराउने पौडेल समूहको प्रस्तावमा देउवा समूहले मन पराएको छैन ।