एक महिला पत्रकार दुई भारी : अगाडी क्यामरा, पछाडी छोरी

बुटवल । सुत्केरी अवस्था मै विस्तराबाट पत्रकारितालाई निरन्तरता दिने संघर्षशिल, निडर र क्रियाशिल महिला पत्रकारको नाम हो दाङ्गकी रिता लामा । २०६५ साल देखि हालको राप्ती समाचार राष्ट्रिय दैनिक र तत्कालिन राप्ती साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गरेकी लामालाई महिला हुनुको त्यसमा पनि कसैकी श्रीमति र सन्तानकी आमा समेत हुनुले पत्रकारितामा अवरोध सिर्जना गरेन ।
गणतन्त्र अनलाईन र राष्ट्रिय समाचार समितिमा समेत आवद्ध लामा सुत्केरी अवस्थामा समेत आराम गर्न चाहिनन भने अहिले त झन उनकी पहिलो सन्तान छोरी दुई बर्षकी भईन पिठ्युमा उनलाई र अगाडी गलामा क्यामरा बोकेर रिर्पोटिङ्गमा दौडिन्छिन । श्रीमान नेपाली सेनाको जागिरे, घरमा ती छोरी हेर्ने मानिस कोही छैन । त्यसका वावजुद पनि उनी एकाविहानै उठ्छीन ।
जरुरी छ भने विस्तराबाटै समाचार बनाउन सुरु गर्छिन , छैन भने छिटो छोटो खान बनाएर रिर्पोटिङ्ग स्थलमा पुग्छीन । दाङ्गका चोक चोकमा र ग्रामिण स्थलका टोल टोल सम्म देख्न सकिन्छ उनको संघर्षको यात्रा । धेरै जसो महिलाहरु अविवाहित छउञ्जेल पत्रकारितामा सेलीब्रेटी हुने विवाह लगत्तै अस्ताउने गरेको कुरा लामालाई थाह छ तर उनले विवाह पश्चात पनि पत्रकारिता त्याग्न सकिनन ।
प्युठानको मरन्ठान घर भएका एक सैनिक श्रीमानले उनको पत्रकारितामा थप सघाउ पुराए । फलतः उनको पत्रकारिताले थप उचाई लिदै आएको छ । उनि भविश्यमा अरु धेरै खोतल्न चाहन्छिन । औपचारिक समचारमा भन्दा उनी खोजपत्रकारिता नै गर्न रुचाउँ छिन ।
एक सुत्केरी महिलालाई स्वास्थ्य चौकीका डाक्टरले चेकअप गराउन नआई अन्यत्रै घुमफिरमा लागेको र पछि घुम्ती शिविरका डाक्टरले सुत्केरीलाई औषधी उपचार गरेको सम्वन्धि समाचार लेखे बापद उनले निकै धम्की खेप्नु परेको अनुभव सुनाउँदै भनिन आखिर ती डाक्टरलाई जिल्ला स्वास्थ्यले सरुवा गरेरै छाड्यो । उनले यस्ता धम्की संग पत्रकारहरु डराउन नहुनेमा जोड दिन्छिन ।
चकचके छोरीको आतंकमा यसरी रमाउ“छिन
कतिपय गम्भीर बिषयको समाचार रिर्पोटङ्ग गर्दै गरेको बेला उनकी चकचके छोरीको वाल आतंक सुरु हुन्छ । त्यस बेला केहि बेर मिठो रिस त एक छिन पछि ममतामय मुस्कान ओठमा लिई समाएर भुलाउन थाल्छीन । काँखमा राखेर भुलाउँदा पनि उनको आतंक रोकिन्न ।
कुनै बिशेष पात्रको वाईट रेकर्ड गर्दै छिन क्यामरामा तर उनकी छोरीले त्यही बेलामा आतंक मच्याउ थाल्छिन । ती पात्र संग सम्वाद गरिरहेको बेला च्वाँच्वाँ रोई दिन्छिन । ब्यागराउन्डमा उनकै चकचक र रुवावासी । त्यति मात्र हो र ? बोल्दै गरेको बेला क्यामरा समातेर अर्कोतिर तानी दिन्छीन ।
कुरा गर्दै गरेको मोवाईल हातबाट खुस्काएर भुई तिर खसाली दिन्छीन । आमाले मन्त्री संग कुरा गर्दै छिन कि सिडियो संग उनका लागि बााल मतलव । कोठामा सर–समान यत्रतत्र छर्छिन । साँच्ची भन्ने हो भने अहिलेको राजनैतिक भाषामा ती महिला पत्रकार लामा माथी छोरीको अधिनायकवाद हावी छ ।
ती अवोध छोरी त भई हालिन, उनमा जनवादी केन्द्रियता लागु छैन । जति हक्लायो, सम्झायो र स्तानपान गराउँदै भुलायो चाल उस्तै उहि हो ।
फोनमा कुरा ग¥यो, कागजमा टिप्यो, केहि छिन पछि हेर्दा लेखेको त्यो कागज कहाँ पुराई दिन्छीन थाह छैन । तर छोरीको वाल संसार अझ भनौ वाल सरकारको त्यो अधिनायकवाद आमालाई औधी प्रिय लागेकोछ । छोरीको त्यही अधिनायकवाद संग रमाउँदै लामाले पत्रकारिताको फड्को मार्दै आएकी छन ।
घरमा वा कार्यालयमा त उनको आतंकलाई हाँसी खुशी साम्य पार्छिन लामाले तर बाहिर हुने औपचारिक कार्यक्रममा उनलाई खुल्ला छाड्नु अरु पत्रकार माथी पनि हमला हो । त्यसैले उनले उनलाई नियन्त्रणमा लिन वेवीक्यारी ( बच्चा बोक्ने झोला) किनेकी छन । त्यसैमा उनले छोरीलाई पछाडी बोक्छीन अगाडी क्याम्रा भिरेर रिर्पोटिङ्गमा हिड्छिन ।
गजवको कुराः श्रीमान श्रीमति दुवै अलग अलग क्षेत्रका निशानेवाद । अर्थात उनका श्रीमान नेपाली सेनामा बन्दुकले निशाना लगाउने कलामा पोख्त छन भने श्रीमतिले कलम चलाउने पेशामा । कार्यरत छन र उनले हतियारबाट निशना लागाउँ छन । श्रीमति पत्रकार क्यामराबाट निशना लगाउँ छिन ।


बाबु आमाले जे जे गर्छन त्यही त्यही देखासिखी गर्छिन छोरी । पत्रकार लामा भन्छिन कहिले काँही सिडियो साव लगायतका ठुला मान्छेहरु संग फोनमा कुरा गरिरहेकी हुन्छु , फोन समातेर भुँईमा फाली दिन्छीन तर मलाई उनको चञ्चले ब्यबहारले दिक्क पार्दैन झन रमाउँ छु , जति मलाई पत्रकारिता प्रिय लाग्छ त्यति नै छोरी र श्रीमान प्रिय हुनुहुन्छ ।
काभ्रेली चेली दाङ्गकी पत्रकार
खास त उनको पुर्खेयौली घर काभ्रेपलाञ्चोक हो । उनका पिता खानेपानी तथा सडक डिभिजन कार्यालयका जागिरे छँदा दाङ्गमा सरुवा भई आए पछि त्यतै जग्गा किनेर बसाई सराई गरेका थिए । पत्रकार लाम दाङ्ग मै जन्मेकी हुन । दाङ्ग मै जन्मेकोले उनलाई आफ्नो घ। दाङ्ग नै हो भन्ने लाग्छ । उनलाई पुर्खेयौली घर काभ्रे जाने मन छ तर मौका नै मिलेको छैन भन्छिन उनि ।
उनको चौबिसै घण्टा तनमन पत्रकारिता मै छ । सपनामा पनि उनि रिर्पोटिङ्ग गरिरहेकी हुन्छिन । स्वास्थ्यकर्मी बन्ने ईच्छाले उनले राप्ती शिक्षा क्याम्पसबाट स्वास्थ्यमा स्नाकोत्तर गरेकी उनि दाङ्ग कै एक भ्रष्टचार निवारण सम्वन्धि सामाजिक संस्थामा काम गर्ने क्रममा उनलाई पत्रकारिता सम्वन्धि तालिम दिलाईयो । त्यस पछि उनलाई पत्रकारिताको नशा नै लाग्यो ।
उनि भन्छिन कुृनै पनि अवरोधले मेरो पत्रकारिता रोक्न सक्दैन । रिर्पोटङ्ग गर्दा गर्दै कहिले काँही रात पर्छ । अवेर भए पनि पिठ्युमा छोरी बोकेर घर फर्किन्छु । छोरी सम्हाल्न र क्यामरा मिलाउन गाह्रो पर्दो हो नि ? भन्ने प्रश्नमा उनले भनिन–‘ गाह्रो सम्झे गाह्रो हुने हो, मलाई त सजिलै लाग्छ आमा छोरी एउटै शरिर लाग्छ , अरु छरिता पुरुषले भन्दा दोब्बर तेब्बर रिर्पोटिङ्ग गर्न सक्छु भन्ने आँट आउँछन ।’
उनि अहिलेको नयाँ पिढिमा अल्छीपना र एउटा न्युज वाईनेम आयो कि सेलीब्रटी भएँ भन्नने अहँकार बढेको अनुभव सुनाउँछिन । पत्रकारिता पढेर मात्र नहुने तर्क गर्दै उनले गरेरै पत्रकारिता तिखारिने बताउँ छिन । उनले छोरी पेटमा छउञ्जेल पनि पत्रकारिता नछाडेको बताउँछिन । फोनमा भन्दा स्थलगत रिर्पोटिङ्गमा जुझारु हुन रुचाउने लामा अन्तिम सास सम्म पनि पत्रकारिता नै गर्ने अभिरुची देखाउँ छिन ।
पत्रकारितामा महिला हुनुको नाताले बिबाह हुनु अघि सम्म कसैको गिद्धेदृष्टि हुने भए पनि आफु सहि ठाउँमा भएकोले नमिठो अनुभव संगाल्न नपरेको बताउँ छिन । भन्छिन –‘विवाह पुर्व सम्म गिद्धे दृष्टि नलगाउनेहरु कहाँ हुन्न र ? तर आफु सहि ठाउँमा भएकोले त्यस्तो नमिठो अनुभव संगाल्न परेन ।’ श्रीमानले आफुलाई थप उत्साहित गर्ने गरेको बताउँदै मेरा लागि पत्रकारिता जति प्रिय उति नै श्रीमान र मेरी छोरी रहेको हर्ष ब्यक्त गर्छिन ।
उनीसँग कुराकानी गर्दागर्दै तिनै छोरीको वालआतंक सुरु भयो । उनि हाँस्दै भन्दै थिईन ल हेर्नुस नानीको चाल यस्तै हो । रिता झै अर्की महिला पत्रकार जयन्ती चौधरी पनि त्यसरी नै खटेकी छन । तुल्सीपुरको रेडियो संजिवनीमा समाचार वाचिका रहेकी चौधरी पनि २०६५ साल देखि रेडियो बागेश्वरीबाट पत्रकारिता सुरु गरेकी थिईन ।
उनले पनि चार बर्षिया छोरी बोकेर पत्रकारिता गर्छिन । उनिहरु सहित दाङ्गमा करिव २४ जना क्रियाशिल महिला पत्रकारहरु रहेको पत्रकार लामाले बताईन । दाङ्गमा अर्की महिला पत्रकार सुलोचना पोखरेलले गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्रकाशन समेत गर्दै आएकी छन ।