झुण्डिएकी मृत महिलाबाट जन्मियो बच्चा

भारतको मध्यप्रदेशको कटनी जिल्लामा झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मिएको छ । बिहीबार जन्मिएको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।
लक्ष्मी सिंह नामकी गर्भवती महिलाले झुण्डिएको अवस्थामा मृत थिइन् भने जन्मिएको बच्चा भुइँमा रहेको तर नाल भने मृतक आमासँगै जोडिएको अवस्थामा भेटिएपनि परिवारले पुलिसलाई खबर गरेका थिए । एम्बुलेन्स सहित प्रहरीसँग गएका डाक्टरले बच्चाको नाल काटे र छुट्टाएर बच्चा र मृतक महिलालाई तत्कालै अस्पताल लगिएको थियो ।
आइसीयुमा राखेर उपचारपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ । डाक्टरहरुका अनुसार ती महिला ९ महिनाको गर्भवती थिइन् । जन्मिएको बच्चाको तौल झण्डै दुई किलो छ । आमाको मृत्यु भएपछि गर्भको बच्चा गुरुत्वबलका कारण तल झरेर जन्मिएको डाक्टरले बताएका छन् ।
ती महिलाका पति सन्तोष सिंहका अनुसार पत्नी अघिल्लो रात खाना खाएर सामान्य अवस्थामै सुतेकी थिइन् । परिवारमा कुनै झगडा भएको थिएन । तर विहान ६ बजे उठेर हेर्दा घरमा पत्नी नदेखेपछि उनले यताउता हेर्दा गोठमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटेका थिए ।
बीबीसी